०३ असार २०८३, बुधबार

मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

मंसिर २३, २०७५
मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु

इलाम– वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । 

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन । 

शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाम बसाइँ सरी आएका थिए ।

शिवाकोटीका श्रीमती र ६ जना छोरी रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्