२० असार २०८३, शनिबार

बफादार कुकुर : घर डढेर खरानी हुँदा पनि गरिरह्यो रेखदेख

मंसिर २३, २०७५
बफादार कुकुर : घर डढेर खरानी हुँदा पनि गरिरह्यो रेखदेख

काठमाडौं — अमेरिकाको उत्तरी क्यालिफोर्नियाका जंगलमा भीषण डढेलो लागेको एक महिनापछि एक आश्चर्यजनक खबर आएको छ । 

डढेलोमा परी खरानी भएको एक घरलाई पनि घरपालुवा कुकुरले रेखदेख गरेको पाइएको छ । म्याडिसन नामक यो कुकुर एक महिनाभरि त्यो क्षतिग्रस्त घरमा बसेर रेखदेख गरिरह्यो । 

घर मालिक्नी एन्ड्रिया गेलार्ड प्याराडाइनस्थित आफ्नो घरमा फर्किंदा कुकुरलाई देखेर छक्क परिन् । गेलार्ड नोभेम्बर ८ मा शहरमा डढेलो लागेपछि भागेकी थिइन् । उक्त डढेलोमा २७ हजार घर नष्ट भए । 

गेलार्डले एक उद्धारकर्मीलाई म्याडिसनको खोजी गर्न अनुरोध गरेको धेरै दिनपछि उद्धारकर्मीले एनाटोलियन शेफर्ड प्रजातिको यो कुकुर भेटे । 

शायला सलिभान नामक महिलाले गेलार्ड नफर्कुन्जेलसम्मका लागि म्याडिसनको हेरचाह गरेकी थिइन् । गेलार्ड नआउन्जेल म्याडिसन चिन्तित देखिएको र ऊ सबैबाट टाढिएको सलिभानले बताइन् । 

म्याडिसनको भाइ मिगेललाई आगलागीपछि एक आश्रयस्थल पठाइएको र उसले पनि म्याडिसनलाई खोज्न सलिभानको सहायता गरेको थियो । 

गेलार्डले म्याडिसनलाई मन पर्ने खानेकुरा खुवाएकी थिइन् । यस्तो खराब अवस्थामा पनि म्याडिसनले देखाएको बफादारी र प्रतीक्षा प्रशंसनीय रहेको सलिभानले बताइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्