२८ असार २०८३, आइतबार

शहीद स्मारक ए डिभिजन लिग : एपिएफ विजयी

मंसिर २३, २०७५
शहीद स्मारक ए डिभिजन लिग : एपिएफ विजयी

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले सरस्वती युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । एपिएफका लागि रुपबहादुर लामाले दुई गोल गरे । उनले खेलको १८औँ तथा ८७औँ मिनेटमा युवराज लामाले ४३ अाैं मिनेटमा तेस्रो गोल गरेका थिए ।

एपिएफ जितसँगै १० अङ्कसहित लिगको सातौँ स्थानमा छ भने सरस्वती क्लब ६ अङ्कसहित नवौँ स्थानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्