
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । पार्टीको विधान मस्यौदामाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम शनिबार सकिएको छ ।
सोमबारबाट छलफल हुने छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । मंसिर नौ गतेदेखि नौ दिनसम्म चलेको बैठकमा ७७ जनाले आफ्नो धारणा राखेका छन् ।
विधानमा सदस्य संख्या बढाउने तर, पदाधिकारी नबढाउने व्यवस्थाबारे संस्थापन र संस्थापन इतरपक्षबीच मतभेद छ । सोमबार बस्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने धारणा बनाउन आइतबार दुवै पक्षका भेला भएका छन् ।
महासमित बैठकमा सर्वसम्मत विधान लैजाने तयारीमा रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग आइतबार परामर्श गरेका छन् । अबको बैठक महासमिति बैठकमा केन्द्रिति हुने नेताहरुले बताएका छन् ।