२५ जेठ २०८३, सोमबार

पितृको स्मृतिमा मन्दिर निर्माण

मंसिर २४, २०७५
पितृको स्मृतिमा मन्दिर निर्माण

गलेश्वर-म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका एक व्यक्तिले दिवङ्गत आफ्ना पितृको स्मृतिमा मन्दिर निर्माण गरेका छन् । 

भकिम्लीको राखु निवासी कृष्णबहादुर पुनले आफ्ना दिवङ्गत बाजे सुवेदार चक्रबहादुर पुन र बजै देवीसरा पुनको स्मृतिमा रु दुई लाख ५० हजारको लागतमा कमलजैसी मन्दिरको निर्माण गर्नुभएको हो । 
पश्चिमका देवताका नामले समेत पुकारीने कमलजैसीको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको स्थानीयवासी राजीन रोकाले जानकारी दिनुभयो । 

वर्षौंदेखि खुला स्थानमा कलमजैसी देवताको पूजाआजा हुँदै आएको भकिम्लीको डाँडाखानीमा मन्दिर निर्माण भएपछि सहज भएको स्थानीयवासीले बताएका छन् । मन्दिरको वरिपरि घेराबार गरिनुका साथै पूजाआजाका लागि सहज हुने गरी भौतिक पूर्वाधार निर्माण पनि गरिएको रोकाले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्