३० असार २०८३, मंगलबार

कम्मरमा बाँधेर २ किलो सुन काठमाडाै‌ं ल्याउँदै गरेका एक जना पक्राउ

मंसिर २४, २०७५
कम्मरमा बाँधेर २ किलो सुन काठमाडाै‌ं ल्याउँदै गरेका एक जना पक्राउ

रसुवा– प्रहरीले रसुवाबाट दुई किलो सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । गोसाइकुण्ड गाउँपालिका– १ थुमनका निमा दोर्जे तामाङ लोप्चन सुनसहित पक्राउ परेका हुन् । 

स्याफ्रुबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६१७६ नम्बरको टाटासुमोमा चेकजाँच गर्ने क्रममा ३७ वर्षीय लोप्चनलाई सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी सन्तोष तामाङका अनुसार सोमबार बिहान करिव १० बजे उनलाई नियन्त्रणमा लिइएको हो । सुनबारे अनुसन्धान भइरहेको उनले बताए ।

चीनतर्फको नाकाबाट पैदल मार्ग हुँदै सुन नेपाल भित्रिएको प्रहरीले जनाएको छ । उनले कम्मरमा कपडाको बेल्ट बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्