काठमाडौं– चलचित्र ‘साइँली’को लोकलयको गीत सार्वजनिक गरिएको छ । ‘नाँच माया’बोलको गीतमा चलचित्रमा मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारलाई देखाइएको छ । गौरव र मेनुकाको बिहेमा दया छमछमी नाचेका छन् ।
गीतमा हेमन्त रानाको स्वर, सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द छ । ‘सुन साइँली सुन साइँली’ बोलको गीत हिट भएपछि त्यही गीतको नाम सापटी लिएर ‘साइँली’ चलचित्र निर्माण गरिएको हो ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा विशाल गुरुङ, मोहन राना मगरको लगानी छ । मनिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् ।
जीएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति चैत्र १५ गतेलाई तोकिएको छ ।