
काठमाडौं– नेकपा नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निर्वाचन आयोग एवं सत्ताधारी दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले सो आदेश जारी गरेको हो ।
निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई दर्ता दिएको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गत मंसीर २१ गते निर्वाचन आयोग एवं “नेपाल कम्युनिष्ट पाटी (नेकपा)का दुई अध्यक्षलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए ।
आज सोही मुद्दाको पेशी तोकिएको थियो ।