
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका सातौं चरणका खेल सकिएका छन् । आठौँ चरणका खेल यही मंसिर २७ गतेदेखि सञ्चालन हुने बताइएको छ ।
सातौं चरणका खेलको समाप्तिसँगै मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो ।
जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेर शीर्ष स्थानमा यथावत छ ।