०३ साउन २०८३, आइतबार

नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै

मंसिर २५, २०७५
नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै

काठमाडौं– संवैधानिक परिषदको बैठक आज बस्दैछ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे परिषद्को बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ । 

संवैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्नेछ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्