३० जेठ २०८३, शनिबार

आलिया सम्बन्धमा रहेको पिता महेशले गरे पुष्टि

मंसिर २५, २०७५
आलिया सम्बन्धमा रहेको पिता महेशले गरे पुष्टि

काठमाडौं — आलिया भट्ट र रणवीर कपूरको रोमान्सको चर्चा बलिउडमा केही समयदेखि चलिनैरहेको छ । 

यसै क्रममा आलियाका पिता महेश भट्टले छोरी प्रेम सम्बन्धमा रहेको कुरा पुष्टि गरेका छन् । 

हालै एक अन्तर्वार्तामा महेशले आफ्नी छोरी एक बलिउड हिरोसँग डेटिङ गरिरहेको बताए । 

महेशले आलियाको प्रेमी रणवीरलाई आफ्नो तर्फबाट स्वीकृति दिइसकेका छन् । रणवीर गजबको युवक भएको उनले बताएका छन् । 

उनीहरूले आफ्नो सम्बन्धलाई कसरी बढाउने हो त्यसको निर्णय आफैं लिने बताए । 

आलिया र रणवीरको बिहेको खबरमा महेशले दुवैजना अदालती विवाह गर्न इच्छुक रहेको र यसबारेमा थप केही बताउन नसक्ने भने । उनीहरूको सम्बन्ध कसरी अघि बढ्छ भन्ने कुरामा सबै कुरा निर्भर रहने उनको भनाइ छ । 

आलिया र रणवीरले आआफ्ना मातापिताका साथ अमेरिकामा क्रिसमस मनाउने अपेक्षा गरिएको छ । रणवीरको परिवारले आलियालाई एकदमै मन पराएको बुझिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्