२२ जेठ २०८३, शुक्रबार

बाघको छालासहित तीन पक्राउ

मंसिर २५, २०७५
बाघको छालासहित तीन पक्राउ

काठमाडौँ-  केन्द्रीय अनुसन्धान ब्यूरो९सीआइबी०ले बाघको छालासहित तीन जनालाई आज पक्राउ गरेको छ । 

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा ब्युरोको टोलीले काठमाडाँै बुढानिलकण्ठ नगरपालिका–१२ तेन्जिङ चोकबाट अवैध रुपमा संरक्षित वन्यजन्तु बाघको छालासहित दोलखा शैलुङ गाउँपालिका–४ का मानबहादुर तामाङ, गोरखा वारपाक सुलीकोट गाउँपालिका–३ की लोकमाया गुरुङ र सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का अमर सिंहलाई पक्राउ गरेको ब्युरोले जनाएको छ । 

पक्राउ परेको तीनैजनालाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको छ । पक्राउ परेका विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्धको अपराधअनुसार कारवाही चलाइने प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्