१६ असार २०८३, मंगलबार

सरकारी कर्मचारीको सरुवा रोकियो, समायोजन नहुँदासम्म नखुल्ने

मंसिर २५, २०७५
सरकारी कर्मचारीको सरुवा रोकियो, समायोजन नहुँदासम्म नखुल्ने

काठमाडाैं–सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ । 

मन्त्रालयकी उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन शुरु भएकाले समायोजन नसकिदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गरेपछि सरकारले कर्मचारी समायाेजनकाे प्रक्रिया शुरु गरिसकेकाे छ । 

मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको उनले जानकारी दिइन् । राष्ट्रिय किताबखानामा रहेको कर्मचारी विवरणमा उल्लेखित मोबाइल नम्बरमा आआफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएस पठाइएको छ । 

समाजोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिन समेत आग्रह गरेको छ । उनले सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी आफू खटिएको कार्यालयमा शुक्रबारभित्र हाजिर भई त्यसको जानकारी मन्त्रालय र राष्ट्रिय किताबखानालाई समेत एसएमएस मार्फत गराउन निर्देशन दिएको बताइन् । 

मन्त्रालयले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई १० दिनभित्र समायोजनको पत्र लिई सोको जानकारी गराउन समेत निर्देशन दिएको छ । मन्त्रालयले समायोजनको काम सम्पन्न गर्न सहजीकरण गर्न स्थानीय तहलाई समेत आग्रह गरिएको निराैलाले जानकारी दिइन् । सरकारको पुष मसान्तसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने योजना छ । 

salt training

कमेन्ट गर्नुहोस्