२८ जेठ २०८३, बिहीबार

रत्नजित ‘योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ दोस्रो चरणमा

मंसिर २६, २०७५
रत्नजित ‘योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ दोस्रो चरणमा

काठमाडौँ–नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बङ्गलादेशमा मंगलबारदेखि शुरु भएको ‘योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ को दोस्रो चरणमा प्रवेश गरेका छन् । पुरुष एकलतर्फ रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २१– ११ र २५–२३ अङ्कले पराजित गर्नुभयो ।  अब उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी इण्डोनेसियाका क्रिष्टियन एडिनाटासँग २१–१८ र २१–१३ अङ्कले पराजित भएको नेपाली टिमका साथ रहनुभएका टोली व्यवस्थापक सुभाष श्रेष्ठले जानकारी दिनुभयो । पुरुष जोडीतर्फ रत्नजित र दिपेशको जोडी बाई पाएर दोस्रो चरण प्रवेश गरेको छ । 

यस्तै महिला जोडीतर्फ नङ्शलदेवी तामाङ र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर पाई क्वाटरफाइनल प्रवेश गरेको छ । मिश्रिततर्फ दिपेश र अमिताको जोडीले मरिससको खेलाडीबाट वाक ओभर प्राप्त गरी दोस्रो चरण प्रवेश गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्