२९ जेठ २०८३, शुक्रबार

वाइडबडी खरिद सम्झौता नै शंकास्पद

मंसिर २६, २०७५
वाइडबडी खरिद सम्झौता नै शंकास्पद

काठमाडौँ – वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता नै शंकास्पद पाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले सम्झौता ऐनविपरीत रहेको औंल्याएको हो । 
कार्यालयले सम्झौता सार्वजनिक खरिद ऐनअनुसार नरहेको निष्कर्षसहितको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा बुझाएको छ ।

समितिका एक सदस्यले प्रतिवेदनमा उल्लिखित विवरणअनुसार खरिद सम्झौता र त्यसका सर्त तय गर्दा उल्लेख हुनुपर्ने बोलपत्रसम्बन्धी कागजातमा कतिपय विषयवस्तु नै नखुलाइएको जानकारी दिए ।
कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्