११ साउन २०८३, सोमबार

प्रदेश पाँचको हिउँदे अधिवेशन आजदेखि

मंसिर २६, २०७५
प्रदेश पाँचको हिउँदे अधिवेशन आजदेखि
फाइल तस्वीर

बुटवल–प्रदेश नं पाँचको हिउँदे अधिवेशन पाँच महिनापछि आज (बुधबार) देखि शुरु हुँदैछ । वर्षे अधिवेशन गत साउन २४ गते सकिएको थियो । प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि बोलाइएको छ । 

सरकारले विजनेश उपलब्ध गराउन नसक्दा संसद लामो समयसम्म आह्वान गरिएको थिएन । सरकारले अब प्रयात्त विजनेश उपलब्ध गराउने जनाएको छ । छठ लगतै संसद शुरू हुने बताउँदै आए पनि प्रदेश सरकारले प्रदेशको योजना बनाउन सुझाव संकलन थालेपछि अधिवेशन बोलाउन विलम्ब गरेको हो । 

बैठकमा दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका सभामुखले पढेर सुनाउने, संसदमा सांसदहरूलाई बोल्न समय दिने, प्रदेश पाँचको जाँचबुझ आयोग गठन, काम कतव्र्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पेश गर्ने कार्यसूची छ । 

त्यस्तैगरी प्रदेशको नामाकारण र राजधानीका लागि सुझाव संकलन गर्ने विशेष समितिको संयोजक र विशेषाधिकार समितिको सभापति सभाबारे संसदलाई जानकारी गराउने र समितिको समय थप बारे पनि सभालाई जानकारी गराउने कार्यसूची रहेको प्रदेसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । लामो समय संसद नचल्दा प्रदेशसभाका धेरै महत्वपूर्ण कामहरू अगाडि बढन सकेका छैनन् । 

प्रदेशको मुख्य काम प्रदेशको नामाकारण र राजधानीको विषयले अझै संसदमा प्रवेश पाउन सकेको छैन । प्रदेश ६,७ र ४ ले प्रदेशको स्थायी राजधानी र नामाकारणको विषय टुङगाएर अन्य काम शुरू गरे पनि अन्य प्रदेशले राजधानी र नाकारणको विषय टुङगाउन सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्