०१ असार २०८३, सोमबार

चार वर्षकी बच्चीमाथि डिजिटल रेप, अभियुक्तलाई २० वर्ष जेल

मंसिर २६, २०७५
चार वर्षकी बच्चीमाथि डिजिटल रेप, अभियुक्तलाई २० वर्ष जेल

काठमाडौं — भारतमा दुई वर्षअघि चार वर्षीया एक बालिकाको डिटिल रेप गर्ने आरोपितलाई २० वर्षको कारावास सजाय दिइएको छ । 

आरोपित व्यक्ति गुडगाँवको एक निजी विद्यालयमा बस कन्डक्टर थियो । केजीमा पढ्ने बालिकालाई डिजिटल रेप गरेकोमा अदालतले उसलाई २० वर्षको कारावास सजाय र ५० हजार भारु जरिवाना पनि लगाइएको छ । 

सन् २०१६ को अगस्टमा बालिका स्कूल बसमा घर फर्किरहेकी थिइन् । कन्डक्टरले उनको यौन शोषण गरे ।

घटना सार्वजनिक भएपछि मातापिताहरू खुबै रिसाए र उनीहरूले प्रदर्शन गरे । सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षाका विषयमा अभियान चलाइयो । 

सोमवार अदालतले सजाय घोषणा गर्दै बालबालिका ऐनअन्तर्गत कन्डक्टरलाई दोषी ठहर गर्दै ठूलो सजाय सुनाएको हो । 

कन्डक्टर अहिले कारागारमा छ र उसले जीवनको ठूलै भाग जेलमै बिताउनुपर्ने भएको छ । उसले जरिवाना रकम भुक्तान नगरेमा थप ६ वर्ष जेलमा बस्नुपर्ने अदालतको निर्णय छ ।

मुद्दाका बारेमा जानकारी दिँदै सहायक न्यायाधिवक्ता विनोद कुमारले बताए, ‘मातापिताको उजुरीअनुसार कन्डक्टर बच्चीको छेउमा बसेर उनीमाथि गलत काम गर्थ्यो । बस घरनजिक पुगेपछि कन्डक्टरले बालिकालाई बसबाट झा–यो ।

भोलिपल्ट बालिकाको जाँघमा पीडा भएपछि चिकित्सककहाँ लग्दा यौन शोषणको बारेमा थाहा भयो । बालिकालाई सोध्दा उनले बसमा भएको घटना सुनाइन् ।’

प्रहरीका अनुसार, आरोपित कन्डक्टर पश्चिम बंगाल निवासी हो र उसले घटना हुनुभन्दा केही दिनअघि मात्र कन्डक्टरको काम शुरू गरेको थियो । 

डिजिटल रेपको इन्टरनेटसँग कुनै सम्बन्ध छैन । बालिका वा महिलाको योनिभित्र औंला छिराएर यौन शोषण गर्ने कामलाई डिजिटल रेप भनिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्