३१ जेठ २०८३, आइतबार

मुसहरको हत्या अभियुक्त पक्राउ

मंसिर २६, २०७५
मुसहरको हत्या अभियुक्त पक्राउ

बुटवल – रूपन्देहीको तिलोत्तमा–७ का अशोक मुसहरको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको मंसिर २१ गते तिलोत्तमा–७ स्थित जहदा खेलमा मृत्य अवस्थामा फेला परेका मुसहरको हत्या गर्ने तिलोत्तमा–७ का २२ वर्षीया पुजन चौधरीलाई पक्राउ गरेको हो । 

प्रहरीको उनलाई पक्राउ गरी बुधबार ईलाका प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो । चौधरीले उनलाई साउण्ड सिस्टमको विषयमा विवाद हुँदा टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेको भनेर स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।

‘मुसहर र चौधरी दुवै जान गाउँमा एउटा विहेमा गएका रहेछन्,’ थापाले भने, ‘बाटो फर्किँदा दुवै जनाबीच भनाभन साउण्ड सिस्टमको विषयमा भनाभन भए । विवाद भएपछि दोहोर हानाहान हुँदा चौधरीले उनलाई ढुङगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको देखियो ।’

उनलाई अहिले म्याद थप गरी अनुसन्धान गरी कानून प्रक्रिया अनुसार अगाडि बढेको ईलाका प्रहरी कार्यालय, बुटवलमा डीसएपी डिलबहादुर मल्लले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्