०३ असार २०८३, बुधबार

‘बन्धन’ पोष्टरसँगै रिलिज मिति घोषणा, गुलाबी पनि बन्ने

कात्तिक २०, २०७४
‘बन्धन’ पोष्टरसँगै रिलिज मिति घोषणा, गुलाबी पनि बन्ने

काठमाडौं, २२ फागुन – सिर्जना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको चलत्रित्र 'बन्धन' को फस्ट लुक सार्वजनिक भएको छ । साथै कार्यक्रममा 'गुलाबी' निर्माणको घोषणा गरिएको छ ।

नायक सविन श्रेष्ठ, पूर्णिमा लामा, कमल अधिकारी लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा शिशिर जय खरेलको निर्माण रहेको छ । चलचित्रलाई समीर मियाँले निर्देशन गरेका हुन् । बाल कलाकार कञ्चन ठकुरीको समेत अभिनय रहेको चलचित्र बन्धन आउँदो बैशाख १५ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

कार्यक्रममा पोस्टर रिलिजसँगै अर्को चलचित्र गुलाबी निर्माणको समेत घोषणा भयो । सामाजिक भाव रहने चलचित्र गुलाबीको कथा किरण माइकलले लेख्दै छन् । यसको निर्देशन देवकुमार श्रेष्ठले गर्दैछन् ।

चलचित्र सिर्जना फिल्मस् र बम्जन फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्