
काठमाडौं – मारुती सिमेन्ट लिमिटेडद्वारा मंसिरको दोस्रो हप्तादेखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी लगायत काठमाडौं उपत्यकामा उल्लासपूर्ण ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रम गरेको छ ।
कम्पनीका ५ सय जनाभन्दा अधिक निर्माणकर्मीको उपस्थिति रहेको कार्यक्रममा मारुती सिमेन्टद्वारा निर्माणकर्मीलाई सुरक्षित निर्माण सम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरूलाई ५ लाख बराबरको निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ ।
कार्यक्रममा नेपालका चर्चित कलाकारद्वारा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हाँस्यव्यंग्य प्रस्तुति पनि देखाइएको थियो ।
कार्यक्रममा मारुती सिमेन्ट लिमिटेडका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीको पौरखी हातलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निष्फिक्री आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयास रहेको बताए ।
थप जानकारी दिँदै उनले देशभर नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको बताए । कार्यक्रममा कम्पनीका टेक्निकल कोअर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने कुरा बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी दिए । कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरु समेत प्रदान गरिएको थियो ।
सिरहा जिल्लाकोे चन्द्रउदयपुरमा अवस्थित यो उद्योगले विगत एक दशक देखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको र यसको प्रयोग ठूला ठूला आयेजनाहरु, पुल, बाँध तथा हाउजिङ कम्पनी देखि साधारण घर निर्माण कार्यमा समेत प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।
नेपाल गुणस्तर विभागबाट प्रदान गरिएको प्रथम एनएस/आईएसओ ९००१ र १४००१ द्वारा सम्मानित मारुती सिमेन्टले आफ्नै देशको उदयपुर पहाडी रेन्जमा रहेको उत्कृष्ट चुनढुँगा खानीको गुणस्तरीय क्लिङ्करबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा उत्पादन गरी नेपाल सरकारले तोकेको निश्चित मापदण्ड अनुरुप आधुनिक प्रयोगशालामा हरेक ब्याचमा डबल परीक्षण पश्चात् मात्र बजारमा उपलब्ध गराउने भएकोले मारुती सिमेन्ट धेरैभन्दा धेरै अनुभवी इन्जिनियरको पहिलो रोजाइमा रही नेपालको नम्बर १ सिमेन्ट बन्न सफल भएको छ ।