
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिपूर्ण आन्दोलनबाटै उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने प्रतिवद्धता गरेका छन् । उनले संविधान संशोधन गरेर भए पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
बिहीबार थारु भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दे अध्यक्ष प्रचण्डले नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि उत्पीडित वर्गले धेरै रगत बगाएको भन्दै शहीदको रगतलाई खेर जान नदिने बताए । ‘हाम्रो आन्दोलन र हाम्रो उद्देश्य अझै पूरा भएको छैन’, उनले भने, ‘उत्पीडित जनताले चाहेको र कल्वपना गरेको समाजको अझै निर्मा हुन सकेको छैन ।’