२१ असार २०८३, आइतबार

प्रधानन्यायाधीशमा चोलेन्द्र सिफारिस भएपछि जोशीको प्रतिक्रिया– सर्वोच्चमा रहँदासम्म सघाउँछु

मंसिर २७, २०७५
प्रधानन्यायाधीशमा चोलेन्द्र सिफारिस भएपछि जोशीको प्रतिक्रिया– सर्वोच्चमा रहँदासम्म सघाउँछु

काठमाडौं– स‌ंवैधानिक परिषदबाट सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा सिफारिस हुँदा संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका दीपकराज जोशी २९ औं प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेर जबरासँगै सिफारिस भएका थिए । 

यसअघि २८ औं प्रधानन्यायाधीशमा पनि जोशीभन्दा ‘जुनियर’ ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेका थिए । मिश्र ६५ वर्ष उमेरहदका कारण यही पुस १७ गते अनिवार्य अवकाशमा जाने भएपछि २९ औं प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा जोशी र जबराको नाम सिफारिस भएको थियो । 

न्याय परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशका दीपक राज जोशीको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो, कैफियतसहित ।  जोशीलाई संसदीय सुनुवाई विशेष समितिले नेपालको २८ औं प्रधानन्यायाधीश हुन अयोग्य रहेको भनेर गरेको निर्णयलाई कैफियतका रुपमा उल्लेखित गरिएको थियो । 

बिहीवार बसेको संवैधानिक परिषदको वैठकले कैफियतसहित जोशीको सट्टा उनीभन्दा ‘जुनियर’ न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सुनुवाई गर्न सिफारिस ग¥यो । संवैधानिक परिषदको निर्णयानुसार अब संसदीय सुनुवाई विशेष समितिले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्रको नाममा सुनुवाइ गर्ने छ । 

सर्वोच्च अदालतमा ३ वर्ष न्यायाधीशका रुपमा काम गरेको व्यक्ति मात्रै प्रधानन्यायाधीश हुन पाउने संवैधानिक व्यवस्थाअनुसार न्याय परिषदले जोशी र चालेन्द्रको नाम सिफारिस गरेको थियो । यसहिसावले अब संसदीय सुनुवाई विशेष समितिलाई चोलेन्द्रको नाम अस्वीकृत गरी अर्को व्यक्तिलाई प्रधानन्यायाधीशमा छान्न पाउने विकल्प पनि छैन । अहिलेको अवस्थामा प्रधानन्यायाधीशका लागि जबरा निर्विकल्प ‘उम्मेदवार’ रहेको कानूनका विज्ञहरुको भनाइ छ । 

सर्वोच्चका जुनसुकै न्यायाधीशले न्यायपालिकाको सर्वोच्च पद प्रधानन्यायाधीश हुने चाहना राख्नु नराम्रो हैन । तर, न्यायाधीश दीपकराज जोशीले दुई–दुई पटक प्रधानन्यायाधीशमा सिफारिस हुँदा पनि ‘रिजेक्ट’ हुनु परेको छ । 

बिहीवार संवैधानिक परिषदको बैठकले चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दा जोशी आफ्नो निवासमै थिए । परिषदको निर्णय सुनेपछि सर्वोच्चतर्फ लागेका जोशीलाई लोकान्तरले सोध्यो, ‘प्रधानन्यायाधीशमा चालेन्द्र शम्शेर जबरा सिफारिस हुनुभएको छ, निर्णय थाहा पाउनुभयो होला नि ?’

जवाफमा जोशीले ‘थाहा पाए’को प्रतिक्रिया दिए । 

अब तपाईं के गर्नुहुन्छ त ? लोकान्तरले जोशीलाई दोस्रो पश्न सोध्यो । 

जोशीले भने, ‘सर्वोच्चमा मेरो जति कार्यकाल बाँकी छ, न्यायाधीशका रुपमा काम गर्छु ।’

नयाँ प्रधानन्यायाधीप्रति तपाईंको भूमिका र अपेक्षा के हुन्छ ? भन्ने लोकान्तरको प्रश्नमा जोशीले भने, ‘सर्वोच्चमा रहँदासम्म उहाँलाई पूर्णरुपले सहयोग गर्छु ।’

सर्वोच्चका न्यायाधीशको उमेहरहद ६५ वर्ष हुने कानूनी व्यवस्था छ । जसअनुसार जोशी ११ असोज २०७६ सम्म सर्वोच्चमा न्यायाधीशको रुपमा काम गर्न पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्