२८ जेठ २०८३, बिहीबार

१०२ वर्षीयाले १४ हजार फीट माथिबाट हाम्फालिन् (भिडियो)

मंसिर २७, २०७५
१०२ वर्षीयाले १४ हजार फीट माथिबाट हाम्फालिन् (भिडियो)

काठमाडौं — अस्ट्रेलियामा १०२ वर्षकी एक वृद्धाले युवाले समेत आँट्न हिचकिचाउने काम गरेकी छन् । 

आइरिन ओशिया नामक यी महिलाले १४ हजार फीटको उचाइबाट हाम्फालेर कीर्तिमान बनाएकी छन् । यसो गर्ने उनी सर्वाधिक वृद्ध महिला स्काई डाइभर बनेको बताइएको छ । 

दक्षिण अस्ट्रेलियामा बस्ने आइरिनले २२० किलोमिटर प्रतिघन्टाको गतिमा डाइभ हान्दा सामान्य लागेको बताइन् । 

यसअघि उनले १०० वर्षको जन्मदिन मनाउँदा स्काई डाइभिङ गरेकी थिइन् । 

आयोजकहरूले १०२ वर्ष १९४ दिन पुगेकी महिलाको डाइभ सफल रहेको र उनले इतिहासमा नाम लेखाएको दाबी गरेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्