०७ असार २०८३, आइतबार

प्रचण्ड भन्छन् - उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्छ

मंसिर २७, २०७५
प्रचण्ड भन्छन् - उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्छ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नुपर्ने धारणा अघि सारेका हुन् ।

'नेपालको परिवर्तनमा थारू समुदायको योगदान उल्लेख्य रहेको छ, थारू तुलनात्मक रूपमा सोझो इमान्दार र असाध्यै मेहेनती समुदायमा पर्छ,' भन्दै प्रचण्डले भने, ‘संविधान संशोधन गरेर थारू समुदायको माग पूरा गर्न सरकार प्रतिवद्ध छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्