०३ असार २०८३, बुधबार

यो पत्थरलाई सातवटा हात्तीले पनि हटाउन सकेनन्, के छ यसमा त्यस्तो ?

कात्तिक २०, २०७४
यो पत्थरलाई सातवटा हात्तीले पनि हटाउन सकेनन्, के छ यसमा त्यस्तो ?
काठमाडौं, २२ फागुन — भारतको दक्षिण भागमा रहेको महाबलीपुरममा रहेको एक पत्थरलाई हल्लाउन जोकोहीले आँट गर्नै सक्दैन ।


झट्ट हेर्दा यो पत्थर लडिहाल्ला झैं देखिन्छ तर यो भ्रम हो ।

करीब १२ सय वर्ष पुरानो यो पत्थरको उँचाइ लगभग २० फीट छ । यो चार फीट चौडा छ भने एउटा आधारमा टिकेको छ यो । लड्नै आँटेको जस्तो देखिने यो पत्थर किन लड्दैन भनी यहाँ पुग्ने जोकोही पनि आश्चर्यमा पर्छन् ।

खासमा यो पत्थर एउटा ढलानमा टिकेको छ । वैज्ञानिकहरूले पनि यो पत्थर कसरी आफ्नो ठाउँमा अडिग रहेको छ भन्ने पत्ता लगाउन सकेका छैनन् ।


सन् १९०८ मा बेलायती साम्राज्यका गभर्नर आर्थर लवलीले यो पत्थर यसरी अचम्म तवरले अडिएको देखेका थिए । यसरी बसेको पत्थरले दुर्घटना गराउन सक्ने ठानेर उनले सातवटा हात्ती लगाएर यसलाई हटाउन खोजे तर पत्थरले टसमस गरेन ।

पत्थरसँग जोडिएको एउटा कथा छ जसअनुसार कृष्ण भगवानले बाल अवस्थामा यो पत्थर यहाँ खसाउनुभएको थियो । त्यसैले मानिसहरू यस पत्थरलाई कृष्णको मक्खन भकुण्डो भनी चिन्छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्