०२ असार २०८३, मंगलबार

‘सरकार धर्मको प्रचारमा मात्रै होइन, कमाउ धन्दामा पनि लागेको छ’

मंसिर २७, २०७५
‘सरकार धर्मको प्रचारमा मात्रै होइन, कमाउ धन्दामा पनि लागेको छ’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने स्पष्ट पारेका छन् । 
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समिक्षा हुने जनाएका हुन् । 
उनले भने,‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ । यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमिकमजोरीहरुबारे छलफल र समिक्षा दुवै हुन्छ ।’
पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ । उनले भने,‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराईबाट खुशी छु ।’
पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएको छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको ईतिहाँसमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् । उनले भने,‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको ईतिहाँसमै कोही पनि छैन् । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनैपनि निर्णय लिनुहुँदैन् । विधानले सभापतिलाई दिएको अधिकार प्रयोगपनि उहाँले गर्नुभएको छैन।’
फरक प्रसँगमा उनले वर्तमान सरकार आँफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने,‘सरकार धर्मको प्रचारमा मात्रै होइन, कमाउ धन्दामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामापनि लागिसक्यो ।’
सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ । 

salt training

कमेन्ट गर्नुहोस्