०२ साउन २०८३, शनिबार

बेचु महतोको हत्या आरोपी ४ जना प्रहरीको फन्दामा

मंसिर २८, २०७५
बेचु महतोको हत्या आरोपी ४ जना प्रहरीको फन्दामा

बर्दिवास– गत बुधबार मृत भेटिएका महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु महतोको हत्या गरेको अभियोगमा पक्राउ परेका तीनजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएका एक महिलासहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज अपराह्न सार्वजनिक गरेको हो । प्रहरीले यस घटनामा औरही नगरपालिका–२ फूलबरियाकै २२ वर्षीय जितनी देवी महतो, २४ वर्र्षीय सुशील सहनी र औरही नगरपलिकाकै चेपकट बस्तीका २४ वर्षीय अनिलकुमार ठाकुरलाई पक्राउपछि सार्वजनिक गरेको हो । 

पक्राउ परेका महिला र पुरुषबीचको अवैध सम्बन्ध देखेका बेचुलाई आफूहरुको सम्बन्ध बाहिर सार्वजनिक गरिदिने भयले तीनै जनाले बेचुको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

मङ्गलबार राति हराएका बेचु महतो बुधबार बिहान आफ्नै बस्ती नजिकको उखुबारीमा मृत फेला परेका थिए । पक्राउ परेका तीनैजनाले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्