काठमाडौं, २२ फागुन– नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएसँगै पुन थाइल्याण्डको अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यलाभ भएपछि पुन समितिभेज अस्पतालवाट डिस्चार्ज भएको सभामुखसमेत रहेकी पुन पत्नी ओनसरी घर्तीले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएकी छिन् ।
पुन २६ गते नेपाल फर्कन लागेको उनले बताइन् । काठमाडौंमा उपचार सम्भव नभएपछि पुनलाई उपचारको लागि थाइल्याण्ड लगिएको थियो ।
उच्च ज्वरोपछि राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भएका पूर्व अर्थ मन्त्री पुनलाई अस्पतालले डिस्चार्ज गरेपछि थप उपचारका लागि थाइल्याण्ड गएका थिए । उनी नियमित फलोअपका लागि समितिभेज अस्पताल गएका थिए ।