१३ असार २०८३, शनिबार

श्रृंखलाको अठोट : पहिलो महिला प्रधानमन्त्री बन्छु

मंसिर २९, २०७५
श्रृंखलाको अठोट : पहिलो महिला प्रधानमन्त्री बन्छु

काठमाडौं–दरबारमार्गस्थित पाँचतारे होटल अन्नपपूर्णको खचाखत वातावरणबीच श्रृंखला खतिवडासँग सोधियो,
‘अबको यात्रा के हुन्छ ?’

‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै  ‘विश्व सुन्दरीको १२ औं स्थान ओगटेकी श्रृंखला खुल्न थालिन्, ‘त्यो त राजनीति मेरो उद्देश्य होइन, यसमा आउने रहर र इच्छा दुबै छैन ।’

राजनीतिक पृष्ठभूमिमा हुर्किएकी श्रृंखलाभित्र विश्व सुन्दरीको ताज मुलुक भित्र्याउने बलियो आशा थियो । ‘तर दुर्भाग्यबस त्यो सपना पूरा हुन सकेन, ‘पेसाले इन्जिनियर श्रृंखला बुधबार स्वदेश फर्किएकी हुन् ।  

‘ताज ल्याउने आत्मविस्वासले १२ भित्र अटाएँ तर प्रधानमन्त्री बन्ने सदाबहार उमंगबाट हार खाएकी छैन’ त्यो म बनेरै छाड्छु ।’ बिहिबार रेस्टपछि शुक्रबार पत्रकारमाझ झुल्किएकी श्रृंखलाले अभिनयबारे सुनाइन्, ‘त्यो क्षेत्रमा लाग्ने कुनै योजना छैन ।’ राजधानी दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्