२९ असार २०८३, सोमबार

यात्रु ओराल्न र चढाउन नयाँ नियम, पालना नगरे कारवाही

मंसिर २९, २०७५
यात्रु ओराल्न र चढाउन नयाँ नियम, पालना नगरे कारवाही
सन्दर्भ तस्वीर

काठमाडौं–सार्वजनिक सवारी साधनले जथाभावी यात्रु ओराल्ने र चढाउने गर्दा सडक जाम हुने गरेको छ । यो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले यात्रु चढाउन र ओराल्नका लागि स्थानहरु तोकेको छ । 

तोकेको स्थानभन्दा अन्य स्थानमा यात्रु ओराल्ने र चढाउने गरेमा कारवाही हुने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । महानगरपालिकाले आइतबारदेखि लागू हुने गरी टुँडिखेल वरिपरि यात्रु लिएर आउने सवारी साधनहरुका लागि यात्रु ओराल्ने र चढाउने स्थान तोकेको हो ।

एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने सूचनामा उल्लेख छ । 


 

salt training

कमेन्ट गर्नुहोस्