काठमाडौं, २२ फागुन — हुन त साधारणतया कपूरको प्रयोग पूजाकोठामा गरिन्छ तर यसका अन्य पनि फाइदा हुन्छन् भन्ने तपाईंलाई थाहा नहुन सक्छ । खासमा कपूरमा चमत्कारी स्वास्थ्य लाभ लुकेका हुन्छन् । जान्नुस् कति लाभदायक छ कपूर ।

कपूर आफैंमा चिसो चीज हो र पोलेको ठाउँमा यसलाई लगाउँछ आराम पाइन्छ । शरीरको कुनै अंग पोल्यो भने त्यो भागमा कपूरलाई पानीमा घोलेर लगाउनुभयो भने जल्न छोड्छ र आराम पुग्छ ।
कपूरमा नरिवलको तेल मिसाएर टाउकोमा मालिश गर्दा कपाल झर्ने समस्या कम हुन्छ र चायाँ पनि भाग्छ ।
पाइताला फाटेर नराम्रो देखिएका छन् भने कपूरलाई तातो पानीमा भिजाउनुस् । अनि त्यो पानीमा केही समयका लागि पाइताला राख्नुस् । फाटेका पाइताला निको हुन्छन् ।
रुघामर्की निको पार्नका लागि कपूरको ठूलो भूमिका हुन्छ । रुघा लाग्दा कपूर हालेको पानीको बाफ लिनुस् अनि नरिवलको तेलमा कपूर हालेर टाउको र छातीमा दल्नुस् । यसो गर्दा रुघा भाग्छ ।
जाडोमा छाला रुखो हुन्छ र यसकारण छालाको एलर्जी भएर चिलाउन थाल्छ । कपूरलाई नरिवलको तेलमा हालेर छालामा दल्दा निको हुन्छ ।
अनुहार चम्काउनुछ भने राति सुत्नुअघि कपूरको धूलोलाई काँचो दूधमा मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारको छाला चम्किन्छ ।
जिउ दुख्यो वा मांसपेशीहरू बाउँठिए भने कपूरको तेलले मालिश गर्नुहोला । आराम पाइन्छ ।
पेट दुखेमा एक गिलास पानीमा ज्वानो हालेर उमाल्नुस् र पानी आधा सुकेपछि कपूर मिसाउनुस् । पेट दुखेको निको हुन्छ ।
एजेन्सीको सहयोगमा