२४ असार २०८३, बुधबार

नेकपाको संसदीय दलको बैठक आज, नेतामा मुख्यमन्त्री शाही चयन हुँदै

नेकपाको संसदीय दलको बैठक आज, नेतामा मुख्यमन्त्री शाही चयन हुँदै
फाइल तस्वीर

सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संसदीय दलको बैठक आइतबार बस्दैछ । बैठक विहान ११ बजे वीरेन्द्रनगरमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

विगत लामो समयदेखि कर्णालीमा संसदीय दलको नेता चयनका विषयमा विवाद भइरहेको थियो । आज बस्ने संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नै संसदीय दलको नेता चयन गर्ने एक सांसदले बताए ।

उनका अनुसार यसअघि पूर्व एमालेका नेता एवम् प्रदेश कमिटी सह–इन्चार्ज यामलाल कंडेलले संसदीय दलको नेताको जिम्मेवारी आफूले पाउनुपर्ने दाबी गरिरहेका थिए । बैठकले संसदीय दलको नेताको रुपमा मुख्यमनत्री शाहीलाई नै चयन गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्