०६ असार २०८३, शनिबार

गाडी किन्ने पैसाले एम्बुलेन्स किनियो

पुस १, २०७५
गाडी किन्ने पैसाले एम्बुलेन्स किनियो

गुल्मी।  गाडी मोहका कारण जनप्रतिनिधिहरु आलोचित बनिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गरेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो कार्यले स्थानीयवासी खुसी मात्र भएका छैनन्, जनप्रतिनिधिलाई सम्मानका साथ हेर्न थालेका छन् ।

मदाने गाउँपालिकाले २२ लाख ९४ हजार रुपैयाँ लागतमा दुईवटा एम्बुलेन्स खरिद गरेको हो । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीका अनुसार एम्बुलेन्स सञ्चालन भएपछि सबैभन्दा टाढाको अग्लुङसहित बाँझकटेरी, सिर्सेनी, मलायगिरि, म्यालपोखरी र भनभने क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्