×

NIC ASIA

त्रिविमा बेथिति : अमृत साइन्स क्याम्पसका प्राध्यापक बाहिरी कलेजबाट मालामाल [भाग- २]

पुस १, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं –नेपालको पहिलो विज्ञान क्याम्पस, अमृत साइन्स क्याम्पसमा दरबन्दी र आंशिकमा गरी १ सय ५१ जना शिक्षक कर्मचारी कार्यरत छन् । तर अधिकांश शिक्षक/प्राध्यापकहरू बाहिरका कलेजमा व्यस्त हुँदा क्याम्पसको अध्ययन भने प्रभावित हुँदै आएको छ ।

Muktinath Bank

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन अनुसार अमृत साइन्स क्याम्पसका ५५ जना शिक्षक कर्मचारीहरू अन्य सामुदायिक र संस्थागत कलेजमा कार्यरत छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी निजी कलेजमा व्यस्त हुनेमा कलेजका प्राध्यापक डा. दमणराज गौतमदेखि आंशिक रूपमा भर्ना भएका शिक्षण सहायकहरू समेत छन् । प्राध्यापक डा. गौतम काठमाडौंको तीनकुनेस्थित नासा इन्टरनेशनल कलेजमा अध्यापन गर्छन् । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार डा. गौतमले दिउँसो १ बजेदेखि नासा इन्टरनेसनल कलेजमा अध्यापन गर्ने अनुमति लिएका छन् । तर उनी ब्हिान ११ बजेदेखि नै नासामा क्लास लिन्छन् । 

Vianet communication

अमृत साइन्स क्याम्पसका उपप्राध्यापक जय प्रकाश हमालले यसअघि अनुमति नै नलिई एउटा निजी कलेजमा अध्यापन गराइरहेका थिए । बानेश्वरस्थित नेसनल एकेडेमी अफ मेडिकल साइन्समा अध्यापन गर्न स्वीकृति लिएका हमाल अनुमतिविनै सोल्टीमोडस्थित मनमोहन मेमोरियल हेल्थ इन्ष्टिच्यूट एण्ड रिसर्च सेन्टरमा पनि अध्यापन गरिरहेका थिए ।

हमालले ३ मंसिर २०७० देखि मनमोहन मेमोरियल हेल्थ इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरमा काम गरिरहेकोमा त्रिविको चेतावनीपछि छाडेको जानकारी दिएका थिए । 

हामलकै अनुरोधमा त्रिविले उनलाई २०७२ असार मसान्तसम्म बानेश्वरस्थित नेसनल एकेडेमी अफ मेडिकल साइन्समा अध्यापन गर्न स्वीकृति दिएको थियो । तर हमाल अहिलेसम्म पनि त्यहाँ कार्यरत छन् । अमृत साइन्स क्याम्पस प्रशासनलाई हामलले स्वीकृति लिए–नलिएकोबारे केही ‘जानकारी छैन’ ।

यी हुन् बाहिरको स्कूल कलेजमा काम गर्ने अमृत साइन्स क्याम्पसका शिक्षक कर्मचारी

कर्मचारी नियुक्तिमा कानूनको उपहास

अमृत साइन्स क्याम्पसमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायक गरी १ सय ५१ जना शिक्षक कर्मचारीको दरबन्दी छ । जसमध्ये ९४ जना मात्रै स्थायी रूपमा नियुक्त छन् । 

बाँकी ५७ जना शिक्षक कर्मचारीलाई करारमा नियुक्त गरिएको छ । यी सबै कर्मचारी नियुक्त गर्दा नियम उल्लंघन गरिएको सतर्कता केन्द्रको अनुसन्धानबाट फेला परेको छ । 

त्रिवि कर्मचारी सेवा सम्बन्धी नियम १० को उपनियम (१) र (१) को (क) अनुसार सेवा आयोगको सिफारिसका आधारमा मात्रै रिक्त पदमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गरिएको छ । 

पद रिक्त भएको १ महिनाभित्रमा सेवा आयोगलाई सूचना दिएर कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिने नीतिगत व्यवस्था भएपनि अमृत साइन्स क्याम्पसमा सेवा आयोगको स्वीकृतिविनै शिक्षक कर्मचारी नियुक्त गरिएको छ । 

अमृत साइन्स क्याम्पसमा शिक्षण सहायक पदमा ८ जना शिक्षकलाई आंशिक रूपमा नियुक्त गरिएको छ । तर यी आंशिक शिक्षक नियुक्त गर्दा पनि त्रिविको नियम उल्लंघन गरिएको सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ । 

त्रिवि कर्मचारी प्रशासन महाशाखाको निर्णय नम्बर ४५४ का अनुसार कुनै विषयको आंशिक शिक्षक नियुक्ति गर्दा त्रिवि केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । स्नातक तहका लागि साप्ताहित न्युनतम १५ पिरियड र स्नातकोत्तर तहका लागि साप्ताहिक कम्तिमा १२ पिरियड कक्षा भार भएमा पाठ्यक्रम बनाएर केन्द्रीय कार्यालयबाट स्वीकृती लिनुपर्ने व्यवस्था भएपनि अमृत साइन्स क्याम्पसमा यसको पालना भएको छैन । 

अनियमित रूपमा रकम खर्च 

अमृत साइन्स क्याम्पस प्रशासनले विभिन्न कार्यक्रम र सहायतका नाममा अनियमित रूपमा रकम खर्च गर्ने गरेको सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७३/७४ मा समेत क्याम्पस प्रशासनले २ लाख ५८ हजार रूपैयाँ अनियमित रूपमा खर्च गरेको उल्लेख छ । 

त्रिवि आर्थिक व्यवस्थापन तथा सञ्चय कोषसम्बन्धी नियम २०५० को नियम २४ (७) अनुसार स्वीकृत बजेटभित्र र सम्बन्धित शीर्षक, उपशीर्षकभित्र पर्ने रकम मात्र सिधै खर्च गर्न पाइन्छ । तर क्याम्पस प्रशासनले विभिन्न व्यक्तिलाई अनुदान भनेर १० देखि ५० हजार रूपैयाँसम्म हचुवाका भरमा दिने गरेको भेटिएको छ । 

यस्तै, क्याम्पसमा हुने विभिन्न प्रतियोगितामा समेत अनियमित रूपमा सहायताका नाममा रकम वितरण हुने गरेको सतर्कता केन्द्रले औंल्याएको छ ।

पढ्नुहोस्, यो पनि :

त्रिविमा बेथिति : त्रिचन्द्र कलेजमा आर्थिक अनियमिततादेखि प्राध्यापकको मनपरीसम्म [भाग १]

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x