०६ साउन २०८३, बुधबार

कांग्रेस महासमिति बैठकमा बन्दसत्र शुरु, सांगठनिक प्रतिवेदन प्रस्तुत

कांग्रेस महासमिति बैठकमा बन्दसत्र शुरु, सांगठनिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हिजोबाट शुरु महासमिति बैठकमा आजबाट बन्दसत्र शुरु भएको छ । जारी वन्दसत्रमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 
प्रतिवेदनमा चुनावी हारलाई शक्तिमा परिणत गर्दै आगामी दिनमा पार्टी एक नम्बर बनाउने ५ आधार समेटिएको छ । आर्थिक, कोषाध्यक्षको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन पनि आजै पेस हुने छन् । सबै प्रतिवेदन पेस भएपछि समूहगत रुपमा छलफल शुरु गर्ने तयारी कांग्रेसको छ ।

सहमति नजुटेकाले विधान मस्यौदा भने आज प्रस्तुत हुने छैन । अन्य विषय केन्द्रीय समितिले अनुमोदन गरेपनि शीर्ष नेताको अडानका कारण विधान मस्यौदामा भने सहमति हुन सकेको छैन । विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ । 

विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ । पेस गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
 

कमेन्ट गर्नुहोस्