२५ जेठ २०८३, सोमबार

राजनीतिक परिवर्तनलाई न्यायक्षेत्रले साथ नदिएको प्रचण्डको टिप्पणी

राजनीतिक परिवर्तनलाई न्यायक्षेत्रले साथ नदिएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रगतिशिल परिवर्तनलाई न्याय क्षेत्रले साथ नदिएको टिप्पणी गरेका छन् । 

तत्कालिन एमाले र माओवादी नकिटका कानून व्यवसायी संगठनको एकतापछि आयोजित कार्यक्रममा प्रचण्डले परिवर्तमा न्यायक्षेत्रको प्रभाव कम देखिएको बताएका हुन् । 

‘राजनीतिक परिवर्तनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मध्ये सबैभन्दा कम भूमिका अदालतको हुने गरेको पाइन्छ’ प्रचण्डले भने,‘राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कुरामा व्यवधान देखिने गरेको छ ।’
प्रचण्डले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच तालमेल गर्नका लागि ध्यान दिन आवश्यक भएको बताए ।

परिवर्तनका पक्षधहरुले धेरै कुरामा ध्यान दिनु पर्ने मिहनेत र लगानी गर्नुपर्ने अवस्था आऐको प्रचण्डको भनाइ थियो । उनले न्यायको पक्षमा संगति तालमेल बन्नु पर्ने र तीन पक्षबीच हातेमाले र सहकार्य आवश्यक रहेको बताए । 

‘कहिले काही कार्यपालिका, न्यायपालिका व्यवस्थापिकाबीच तामलेल र समन्वय नभएका सन्दर्भहरु बडो नमिठा अनुभवहरु विगतमा र वर्तमानमा भोग्ने गरेका छौं’ प्रचण्डले भने,‘यो शक्ति सन्तुलन ठिक ढंगले मिलाउने कुरामा कानून व्यवसायीहरुको महत्वपूर्ण भूमिका आवश्यक छ ।’

एकीकृत भएको एनएलएले समग्र राजनीतिक परिवर्तनको अपुग विषयलाई पूरा गर्न भूमिका खेल्नुपर्ने प्रचण्डको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्