२३ जेठ २०८३, शनिबार

निर्मलाका बुवा यज्ञराज अस्पतालबाट डिस्चार्ज, थियो त मानसिक समस्या ?

निर्मलाका बुवा यज्ञराज अस्पतालबाट डिस्चार्ज, थियो त मानसिक समस्या ?
फाइल फोटो

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पन्तको स्वास्थ्य अवस्था सामान्य भएपछि आज आइतवार अस्पतालले डिस्चार्ज गरेको उनको उपचारमा संलग्न मानसिक रोग विशेषज्ञ डा. सरोज वझाले लोकान्तरलाई बताए ।

‘उहाँलाई तनाव बढी भएको थियो, जसको कारण थाइराइड समेत बढेको थियो, डा. वझाले भने, ‘स्वास्थ्य अवस्था सामान्य भएपछि आज डिस्चार्ज गरेका हौं ।’

चिकित्सकहरूले बढी तनाव लिनुलाई पनि मानसिक स्वास्थ्य समस्या भएको बताउँछन् । निर्मलाका बुवा यज्ञराजलाई पनि मानसिक रोगको संकेत शुरू भएपनि समयमै उपचार र परामर्शपछि ठीक भएको डा. वझाको भनाइ छ ।

आफ्नो छोरीको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै अनशन बसेका यज्ञराजले अनसनस्थालमै अभ्रद व्यवहार देखाउन थालेपछि उनलाई मंसिर ९ गते त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । 

यज्ञराजको मानसिक स्वास्थ्य विभाग र मेडिसिन विभागका चिकित्सकहरूको निगरानीमा उपचार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्