
भद्रपुर – झापाको मेचीनगरमा भएको ‘मिस कोच इन्टरनेसनल २०१८’ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् ।
झापा मिडिया हाउसको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा सदापले उपाधिसँगै १ लाख नगद, होटल मेनेजमेन्ट पढ्ने छात्रवृत्ति र १ थान स्मार्ट फोन पाएकी छन् ।
प्रतियोगितामा फस्ट रनरअप उपाधि भारत पश्चिम बंगालकी प्रतिमा सिंह र सेकेन्ड रनरअप उपाधि मेचीनगरकी सोनाली राजवंशीले जितेकी थिइन् ।
दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । प्रतियोागितामा झापा, मोरङ तथा भारतको बंगाल, मेघालय र आसमका गरी १७ कोच समुदायका युवती सहभागी थिए ।