०३ असार २०८३, बुधबार

पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध

पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध

ओखलढुङ्गा– ओखलढुङ्गामा पुस १ गतेदेखि बिहान र दिउँसो टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 
सवारी दुर्घटना न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो ।    जिल्ला सदरमुकामसहितका मुख्य तथा सहायक व्यापारिक केन्द्रबाट छुट्ने र भित्रने लामो, छोटा दूरीका सवारीको चाप हुने समयमा टिपर सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार, विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्