२९ जेठ २०८३, शुक्रबार

स्वास्थ्य मन्त्रालयले अस्पतालका नाममा खाली भवनलाई २ करोड दिएको खुलासा

पुस २, २०७५
स्वास्थ्य मन्त्रालयले अस्पतालका नाममा खाली भवनलाई २ करोड दिएको खुलासा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकम दुरुपयोग भएको छ । 

जनताले सस्तो र गुणस्तरीय सेवा लिन टाढा जान नपरोस् भनी सरकारले देशभरका सामुदायिक अस्पताललाई वर्षेनी करोडौं रकम वितरण गर्दै आएको छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–मन्त्रालयले डडेलधुराको अपी सामुदायिक अस्पताललाई दुई करोड चार लाख ६० हजार रुपैयााँ दियो । तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनमा जाँदा अस्पतालमा सेवा लिन बिरामी नै नआएको फेला पर्यो । मन्त्रालयका अनुसार एक महिनामा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ । 

उनीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किने गरेका थिए । अस्पतालले मापदण्ड पनि पूरा गरेको छैन । 

उपक्षेत्रीय अस्पताल भन्दा करीब १५ सय मिटरमा रहेको उक्त अस्पताललाई अनुदान रकम दिन जरुरी नभएको सरकारी टोलीले ठहर गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्