१२ असार २०८३, शुक्रबार

राजधानीमा सशस्त्र प्रहरीका सबै गुल्मपतिदेखि बाहिनीपतिसम्मको भेला

पुस २, २०७५
राजधानीमा सशस्त्र प्रहरीका सबै गुल्मपतिदेखि बाहिनीपतिसम्मको भेला

काठमाडौं – संगठनको भावी रणनीति तय गर्न सशस्त्र प्रहरी बल नेपालको दुई दिने ‘ईकाई प्रमुख सम्मेलन २०७५’ आइतबारदेखि राजधानीमा सुरु भएको छ । 

सहभागितामूलक नेतृत्वको माध्यमबाट नीति निर्माण गर्न सुरु भएको सम्मेलन सोमबार सकिने छ । सम्मेलनमा सातवटै क्षेत्रका बाहिनीपति (डीआईजी) देखि गुल्मपतिसम्मको सहभागिता रहेको छ । यसका अतिरिक्त सम्मेलनमा सशस्त्र प्रहरी प्रधान कार्यालय, उपत्यकाका अन्य कार्यालयका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका ईकाई प्रमुखहरुबीच राज्यद्वारा संगठनलाई प्रदान गरिएका कार्यादेशहरुलाई प्रभावकारी ढंगले पूरा गर्ने र संगठनले निर्धारण गरेको प्राथमिकताका क्षेत्रहरुभित्र रहेर गहन अध्ययन, प्रस्तुतीकरण र छलफल तथा समीक्षा हुने भएको छ । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्