
काठमाडौं । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले असहमति जनाउँदा जनाउँदै सरकारले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस ५ र ६ गते राष्ट्रिय भेला आयोजना गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका सदस्य सचिव एवं शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुन्ठप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम तय गरेको जानकारी दिए ।
आयोगले तयारी गरेको सो प्रतिवेदन प्रारम्भिक भएको दावी गर्दै अर्याललेभने–प्रतिवेदन पुर्ण भएको छैन तर प्रधानमन्त्रीकै उपस्थितीमा सार्वजनिक गर्नेछौ ।
आयोगले तयारी गरेको ४३ पेज लामो सो प्रतिवेदनमा मुलुकको समग्र शिक्षाको अवस्था समेटिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा छापिएको छ ।