२२ असार २०८३, सोमबार

माधव नेपालले भने - मधेशी दललाई माला र अबीर लगाउन तयार छौँ

कात्तिक २०, २०७४
माधव नेपालले भने - मधेशी दललाई माला र अबीर लगाउन तयार छौँ
इटहरी, २२ फागुन - नेकपा (एमाले) का नेता माधवकुमार नेपालले समयमा स्थानीय तहको निर्वाचन गराउन खुट्टा नकमाउन सरकारसँग आग्रह गरेका छन् ।madhav-kumar-nepal_med

संविधान र निर्वाचनका लागि सो पार्टीको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज इटहरीमा आयोजित जनसभामा नेता नेपालले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक विकासका लागि तीनै तहको निर्वाचन आवश्यक भएको भन्दै संविधानमा असन्तुष्ट दललाई पनि निर्वाचनमा माग लिएर जनतामा आफ्ना एजेन्डा राख्न आग्रह गरे ।

उनले भने , “तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्दा हुन्छ, हामी पराजित भएमा विजयीलाई माला र अबीर लगाउन तयार छौँ, हामीले जितेमा उनीहरुले माला लगाएर मैदान छाडिदिनुपर्छ ।”

एमालेको सो अभियानले हिमाल, पहाड र तराईका जनतालाई भावनात्मक रुपमा जोड्ने र राष्ट्रिय एकतालाई बलियो बनाउने जनाउँदै उनले आफ्नो पार्टीको नेतृत्वका सरकारले तराईमा विकास र सामाजिक विभेद विरोधी कार्यक्रम अघि सारेका उदाहरण प्रस्तुत गरे ।

एमाले नेता सुवास नेम्बाङले संविधान संशोधनको माग गर्ने मधेसी मोर्चाका सांसद सात जना मात्र भएको दाबी गर्दै मधेसमा जनमत लिएका काँग्रेस, एमाले र माओवादी केन्द्रका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेको संविधानमा राष्ट्रियतालाई आँच पुग्ने गरी गर्न खोजिएको संशोधन प्रस्तान अस्वीकार्य भएको बताए ।

सभामा पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य नेम्बाङ, सत्यनारायण मण्डलगायतका नेता अभियानमा सहभागी थिए ।

झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता ¥यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी आएका थिए । सोमबार सुनसरीकै इनरुवा र सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम हुनेछ ।

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान १५ दिन चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्