२७ असार २०८३, शनिबार

झापामा नेविसङ्घले बाजी मार्यो, नौवटा क्याम्पसको यस्तो छ नतिजा

कात्तिक २०, २०७४
झापामा नेविसङ्घले बाजी मार्यो, नौवटा क्याम्पसको यस्तो छ नतिजा
झापा, २२ फागुन - झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले एकल विजय हासिल गरेको छ ।election-student

नेवि सङ्घका भुवन बुढाथोकीले नेतृत्व गरेको प्यानलले प्रत्यक्षतर्फका सभापति, सचिव र कोषाध्यक्षसँगै कार्यसमितिका सातवटै सदस्य पदमा विजय प्राप्त गरेको हो ।

प्राप्त विवरण अनुसार– नेविसङ्घका भुवन बुढाथोकी ३८३ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, सचिवमा मिराज पोखरेल ३५५ मतका साथ विजयी भएका छन् भने कोषाध्यक्षमा सुहाङ्मा नेम्बाङ ३३९ मत प्राप्त गरी विजयी भइन् ।

सातजना सदस्य पदमा विजयी हुनेमा सामिला लिम्बू, प्रवीण ओझा, गोविन्दप्रसाद शिवाकोटी, कविता भण्डारी, दीपेश गुरुङ, नवीन राजवंशी र प्रवीण आचार्य रहेका छन् ।

फागुन १८ गते नै मतदान सम्पन्न भएपनि विवादका कारण मतगणना हुन सकेको थिएन । शनिबार दिउँसोदेखि सुरु भएको मतगणना राति २ बजे सकिएको निर्वाचन समिति सदस्य हेमराज प्रसाईंले जानकारी दिए ।

कुल एकहजार २८५ मतदाता रहेको मेची बहुमुखी क्याम्पसमा ९१५ मत खसेकोमा प्रत्यक्षतर्फको पाँच मत र समानुपातिकतर्फ एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । प्यानल नै विजयी भएपछि आज नेविसङ्घले भद्रपुरमा विजय ¥याली समेत निकालेको छ ।

त्यस्तै, झापाका नौवटा क्याम्पसमा भएको स्ववियुको निर्वाचनमा नेविसङ्घका उम्मेदवारले पाँचवटा, अनेरास्ववियुका दुई र एउटामा अखिल क्रान्तिकारीका उम्मेदवार सभापतिमा विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्