०१ असार २०८३, सोमबार

एमालेको अभियानमा अवरोध नगर्न मोर्चालाई आयोगको आग्रह

कात्तिक २०, २०७४
एमालेको अभियानमा अवरोध नगर्न मोर्चालाई आयोगको आग्रह

काठमाडौँ, २२ फागुन - राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ ।file_3

आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपु¥याउन सम्बद्ध पक्षलाई आग्रह गरेकी हुन् ।

विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ ।

आगोगले विज्ञप्तिमा कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा कार्यकर्तामाथि अमर्यादित र मानवअधिकारको मर्म विपरीतको कार्य भएकाले यस्ता व्यवहार तुरुन्त रोक्न र कुनै पनि राजनीतिकदलको पूर्व निर्धारित कार्यक्रमलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनैपनि राजनीतिक गतिविधि नगर्न नगराउन मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरिएको छ ।

“एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन” विज्ञप्तिमा भनिएको छ– “हिंसात्मक बाटो अपनाउँदा विसं २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन ।”

यसैबीच, अभियान क्रममा एमाले नेता तथा सांसद रन्जुकुमारी झा चढेको जीपमाथि ढुङ्गामुढा भएको घटनाका साथै फागुन १५ गते रौतहटको गौरमा मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवै पक्ष केही घाइते भएको र शुक्रबार एमाले सप्तरी जिल्ला समितिका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा मोर्चाका कार्यकर्ताले हातपात गरी कालोमोसो दलेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको समेत प्रवक्ता अन्सारीले विज्ञप्तिमा जनाएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्