१३ असार २०८३, शनिबार

अझैं तीन सय ६८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

कात्तिक २०, २०७४
अझैं तीन सय ६८ गाविस सडक सञ्जालमा जोडिन बाँकी
काठमाडौँ, २३ फागुन- सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान रहेको नयाँ पत्रिकाले खबर छापेको छ ।GABISA-768x369

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को तथ्यांकअनुसार जिल्ला मुख्य सडक सञ्जालको लम्बाइ २५ हजार ७ सय २५ किलोमिटर पुगेको छ । गाविस जोड्ने सडकको लम्बाइ भने ३१ हजार ९ सय ४ किलोमिटर छ ।
डोलिडारको ०६९ को तथ्यांकमा स्थानीय सडकको लम्बाइ ५० हजार ९ सय ४४ किलामिटर थियो । यसअवधिमा ६ हजार ६ सय ६८ किलोमिटर (१३ दशमलव २ प्रतिशत) ले स्थानीय सडक निर्माण भएको छ ।
औषतमा स्थानीय सडक निर्माण वार्षिक एक हजार ६ सय ७२ किलोमिटरका दरले वृद्धि भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले स्थानीय सडकको अद्यावधिक तथ्यांकले आगामी दिनमा योजना निर्माण तथा बजेट विनियोजनमा सहयोग पुग्न बताए । स्थानीय स्तरको सडक तथा अन्य पूर्वाधार विकास आयोजनामा लगानी गर्ने आधार तयार भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्