काठमाडौं, २३ फागुन – व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् ।

उनको हत्या भएको प्रहरीको आशंका छ । भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको खबर आजको नयाँ पत्रिकामा छ।
पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् । स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।