१५ असार २०८३, सोमबार

चिया र चिनीको उचित मुल्य तोक्नुस् : अर्थमन्त्री

चिया र चिनीको उचित मुल्य तोक्नुस् : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले चिनी र चियाको उचित मुल्य तोकिनु पर्ने बताएका छन् ।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले उद्योगीहरुकै सामु यस्तो बताएका हुन् ।

उनले सरकारले अनुदान दिइसकेपछि अनुदान मात्रै कटाएर मुल्य तोकिनु पर्ने बताए । ‘सरकारले दिएको अनुदान कटाएर मात्रै मुल्य तोक्यो भने उपभोक्ताको हित हुन्छ’ उनले भने, ‘यो कुरा चियामा पनि लागु हुन्छ र चिनीमा पनि लागु हुन्छ, ।’

उत्पादनमा अनुदान दिइसकेपछि उपभोक्तलाई मारमा पार्नु नहुन मन्त्री खतिवडाको भनाई थियो । ‘उद्योग सञ्चालनका लागि सहुलियत सरकारले नै दिने भएपछि उपभोक्तालाई मार पार्ने कुरा हुनु हुँदैन’ मन्त्री खतिवडाले भने ।

समितिमा चिया उत्पादकले सरकारले सञ्चालनमा ल्याउन खोजेको सामाजिक सुरक्षा योजनामा आफु सहभागी नहुने बताएका छन् ।

चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवालले सामाजिक सुरक्षा कोषमा सहभागी हुन नसकिने बताए ।

चिया उत्पादनमा श्रमिकलाई दिइँदै आएको ज्याला वृद्धि भएको र चिया उत्पादकलाई आर्थिक भार थपिएको भन्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन नसकिने अग्रवालले  बताए ।

श्रमिक ऐन नै उत्पादकको हितमा नभएको भन्दै चिया क्षेत्रका लागि छुट्टै ऐन ल्याउन उनले सरकारसँग आग्रह गरे ।

त्यस्तै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले कार्यान्वयनमा ल्याएको ऐन मान्दिन्नँ भन्न नमिल्ने बताए ।

मन्त्री विष्टले उद्योगीले आफ्ना माग जसरी भएपनि पुरा गराउन खोज्ने तर, श्रमिकको हितका बारेमा नसोच्ने गरेको भन्दै श्रमिकको हितका बारेमा सोच्न समेत आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्