
काठमाडौं — सी फूडका एक पारखी अमेरिकीले रेस्टुराँमा खाना खाएर लखपति भएका छन् ।
न्युयोर्कमा ६६ वर्षीय ती व्यक्ति सी फूड खान पुग्दा प्लेटमा मोती भेटे । त्यो मोतीको मूल्य लगभग साढे ६ लाख रुपैयाँ आँकिएको छ ।
एन्टोश नामक ती व्यक्ति प्लेटमा मोती देखेर छक्क परे तर कुनै हल्लाखल्ला नगरी घर ल्याए । पछि उनले रेस्टुराँमा फोन गरेर मोतीको बारेमा सोधे ।
न्युयोर्क पोस्टका अनुसार, रेस्टुराँका शेफ पनि छक्क परे र २८ वर्षमा दोस्रोपटक उनले बनाएको खानेकुरामा मोती भेटेको बताए ।
एन्टोशले मोती बेच्ने कि राख्ने भन्ने विषयमा कुनै कुरा निश्चित गरेका छैनन् । रेस्टुराँ आफ्ना लागि भाग्यशाली रहेको र त्यहाँ गएर फेरि खान चाहेको उनले बताए ।
एजेन्सी