
काठमाडौं – नेपाल टलिकमले साउनयता मात्रै करिब डेढ सय नयाँ बीटीएस सञ्चालनमा ल्याएको छ ।
एक करोड जीएसएम आयोजना अन्तर्गत टेलिकमले साउनयता मात्रै १ सय ४३ वटा नयाँ बीटीएस सञ्चालनमा ल्याएको हो ।
टेलिकमले एक करोड जीएसएम आयोजनाको प्याकेज ए अन्तर्गतका बाँकी काम तिव्र गतिमा भइरहेको जानकारी दिएको छ ।
बाँकी रहेका मध्यमाञ्चल क्षेत्र, पूर्वाञ्चलन क्षेत्र, मध्यपश्चिमाञ्चल क्षेत्र तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा गरी कुल ५२ लाख क्षमताको नेटवर्क विस्तारको कार्य तिव्र गतिमा भइरहेको र करिब एक दर्जन बीटीएस अति नै दूर्गम स्थानमा रहेको टेलिकमले जानकारी दिएको छ ।